Email - US :  info@gantabyanepal.com

News & Events

March 17th2020

गन्तव्य नेपालद्धारा ब्लड क्यान्सर पीडित लाई सहयोग

😂😂😂😂😂 सोचे जस्तो हुन्न जीवन , सम्झे जस्तो हुन्न जीवन..............सायद जीवन हाम्रो बसमा भए आज उनी हामी माझ हुन्थिन । जन्म पछि मृत्यु अनिवार्य छ । हामी कोशिस मात्र गर्न सक्छौ, बाकी उनैको हातमा छ जो अदृश्य रूपमा यो ब्रह्माण्डलाई हाकि रहेका छन । सन्दर्भ , ब्लड क्यान्सर पीडित मकवानपुर जिल्ला , छतिवन गाउँ पालिका वार्ड न - 5 स्थित कमंचुली बस्ने स्व- सुमिना (छोइसांग) थिंग तामांग को हो।उनी २०७३ देखि ब्लड क्यान्सर बाट पीडित थिइन । उनको उपचारमा हातेमालो गर्न हाम्रा शुभचिन्तक तारा बम्जन जि मार्फत अगाडि बढ्दा बढ्दै मृत्युलाई अङाल्न पुगिन। दैव पनि कति निस्ठुरी उनको लागि "गन्तव्य नेपाल" साउदी अरब केहि गरौं भनी ब्युझदा ब्युझदै टपक्कै टिपेर लगी हाले । हाम्रो कोशिस केही दिन मात्र भयो । ती थोरै दिनहरूमा पनि 34000.85 ( चौतिस हजार पचासी रुपैयाँ ) उठाउन सफल भयौ । जसको लागि हामीले यो रकम संकलन गरेका थियौ । तिनीले त हामीलाई छोडेर गइन .......तर तिनीलाई पालनपोषण गर्ने घर आज क्यान्सर बाट थलिएको छ । तसर्थ , तिनै परिवारलाई रकम उपलब्ध गराउने निर्णय गर्दै तारा जि मार्फत रकम पठाएका छौ ।